शनिबार, फागुन २, २०८२

नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्रीसहित शीर्ष नेताहरू च्यासलमा (तस्बिरहरु)

मेरोन्यूज २०८० भदौ २६ गते १४:३९

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टी कार्यालयमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङलगायतका नेता कार्यकर्ता पनि एमाले मुख्यालय गएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि श्रद्धाञ्जली दिए ।

यस्तै, नेसपा अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, राप्रपा नेता पशुपतिशमशेर जबरालगायत शीर्ष नेता पनि च्यास गएका छन् । अहिले नेताहरू आउने क्रम जारी छ ।

एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु पनि श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय पुगेका छन् । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो ।

प्रतिक्रिया