यामाहाले घोषणा गर्यो ‘फेस्टिभ सेलिब्रेशन’

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा नेपालको यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले “यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ” योजना अगाडी ल्याएको छ ।
उसले दशैं , तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउने तयारी अनुसार फेस्टिभ सेलिब्रेशन घोषणा गरेको हो । चाडपर्वको सिजनमा थ्बmबजब मोटरसाइकल र स्कुटर मार्फत Sportiness, Style र Excitement ल्याएको उसले जनाएको छ ।
यामाहाको उत्पादन खरिद गर्नु भनेको केवल यातायातको एक माध्यम मात्र प्राप्त गर्नु नभई दिर्घकाल सम्म राइडिङको आनन्दलाई पुनस्परिभाषित गर्नु भएको भन्दै उसले यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजना अन्तर्गत, यामाहाको कुनैपनि स्कुटर खरिद गर्दा रु ६ हजार देखि १ लाख सम्मको र बाइक खरिद गर्दा रु ८ हजार देखि १ लाख सम्मको स्युर–सट क्यासब्याक, लक्की ड्रद्वारा दैनिक यामाहा राइडिङ ज्याकेट, आइफोन १४ को साप्ताहिक उपहार, र प्रत्येक महिना भाग्यशाली विजेताले जापान जाने मौका पाउने घोषणा गरेको छ ।
‘हामी यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजना प्रस्तुत गर्न पाउँदा खुसी छौं,’MAW टु ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले भने। चाडपर्वको सिजनमा हरेक राइडलाई असाधारण बनाउन र ग्राहकहरूको जीवनमा जादूको स्पर्श थप्ने लक्ष्य अनुरुप यस्तो योजना घोषणा गरेको क्षेत्रीले बताए ।
यो अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागू हुने र देशमा रहेका यामाहाका सबै अधिकृत शोरुमहरूमा उपलब्ध हुने पनि जनाइएको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया