चिकित्सकसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले बनायो वार्ता टोली

काठमाडौं । चिकित्सक पिटिएको विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकहरुसँग वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता टोली बनाएको छ । नेपाल चिकित्सिक संघको आह्रवानमा आज देखि देशभर आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकलाई वार्तामा आउन आग्रह गदैं मन्त्रालयले वार्ता टोली बनाएको हो ।
अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहने गरी वार्ता टोली बनाएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले पाँच सदस्यीय वार्ता समिति गठन गरिएको बताए। समितिले आन्दोलनरत नेपाल चिकित्सक संघलाई वार्तामा समेत बोलाइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वार्ता समिति गठन गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न निर्देशन दिएका थिए।
गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाहीको माग गर्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया