शनिबार, माघ २४, २०८२

पाल्पामा तीज कार्यक्रममा झडप हुँदा एक जनाको मृत्यु

मेरोन्यूज २०८० असोज १ गते ११:१५

बुटवल । तीज कार्यक्रममा झडप हुँदा पाल्पामा एक जना हत्या भएको छ । तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटना आइतबार राति साढे १२ बजे तीरको हो । मृतक खत्रीमाथि चक्कु प्रहार भएको थियो ।

गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

महिला नाचिरहेका बेला युवाहरुबीच झगडा भएको र त्यही विषयलाई लिएर पुनः झगडा भएपछि चक्कु हानाहान भएको देखिएको प्रहरीले बताएको छ ।

हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, प्रहरीले थप विवरण खुलाएको छैन ।

प्रतिक्रिया