भाषा मुद्दामा एमिकसक्युरी मगाउने आदेश
मेरोन्यूज
२०८० असोज ४ गते १९:०६

काठमाडौँ । नेपाली शब्दकोशबाट ॐ समेत हटाउने गरि सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतले एमिकसक्युरी मगाउन आदेश दिएको छ।
अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलाशले एमिकसक्यूरी मगाउने आदेश दिएको हो ।
यसपूर्व शब्दकोश तत्काल लागू नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो।
रिटमा नेपाली भाषा संस्कृति परम्परा अन्त्य गर्न विदेशी षडयन्त्रबाट त्यस्तो निर्णय गरिएकोले उक्त निर्णय खारेज हुनुपर्ने माग गरिएको छ।
इजलासले सर्वोच्च बारबाट २ जना नेपाल बार बाट २ जनाको एमिकसक्युरी मगाउन भनेको छ ।
सम्बन्धित










कांग्रेस केवल पार्टी होइन, देश सम्हाल्ने राष्ट्रिय शक्ति हो : गगन थापा
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
भागेका ७० प्रतिशत कैदी कारागार फिर्ता भइसके : गृहमन्त्री अर्याल
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया