नक्कली भुटानी शरणार्थी प्रकरण
रायमाझी, खाणसहित १६ जनालाई पूर्पक्षमा पठाउने न्यायाधीश न्यौपानेको रुकुमकोट सरुवा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उच्च पदस्थलाई पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सरुवा भएको छ । असोज २ गते बसेको न्यायपरिषद्को बैठकले उनलाई काठमाडौँ जिल्ला अदालतबाट रुकुमकोट जिल्ला अदालतमा सरुवा गर्ने निर्णय गरेको हो ।
त्यसदिनको न्यायपरिषद् बैठकले १८ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाको सूचीमा उनको नाम १५ औँ नम्बरमा छ ।
न्यायाधीश न्यौपानेले एक असारमा नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्वसांसद आङटावा शेर्पासहित १६ जनालाई पूर्पक्षका लाथि थुनामा पठाउने आदेश गरेका थिए ।
अहिले पनि उनीहरू न्यौपानेकै आदेशबमोजिम थुनामा छन् ।
न्यायाधीश न्यौपाने काठमाडौं जिल्ला अदालतमा २०७९ साउनमा सरुवा भएर आएका थिए ।
यही प्रकरणको अनुसन्धान गरी मुद्दा अदालतसम्म पुर्याउने प्रहरी अधिकारीहरू तत्कालीन उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोजकुमार केसी र काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीको सरुवा भइसकेको छ ।
स्रोतका अनुसार कानुन न्याय तथा संसदीय मामिलामन्त्री एवं कांग्रेसका उपसभापति धनराज गुरुङको दबाबमा न्यायपरिषद्बाट उनको सरुवा भएको निकटस्थ स्रोतले बतायो ।
प्रधानन्यायाधीश अध्यक्ष हुने परिषदमा वरिष्ठतम न्यायाधीश, दुईजना कानुनविदका साथै न्यायमन्त्री सदस्य हुने संवैधानिक प्रावधान छ। कानुनमन्त्रीकै प्रस्ताव र दबाबका कारण न्यौपानेले काठमाडौंमा १ वर्ष पनि बस्न नपाएको न्यायपरिषद स्रोतले बताएको छ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया