आइतबार, वैशाख ६, २०८३

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

मेरोन्यूज २०८० असोज ६ गते ९:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारीपत्रमा बैंक र बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई)बीच हस्ताक्षर सम्पन्न भएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई)का उत्पादनहरु खरिद गर्नका लागि आधिकारीक डिस्ट्रिब्युटर्सहरुलाई आवश्यक चालु पुँजी प्रदान गर्न च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्नेछ ।

बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई)का आधिकारिक डिस्ट्रिब्युटर्सहरुले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बोटलर्स नेपालका मेनेजिङ डाइरेक्टर दीपक सेन्थिलनाथलगायत दुवै संस्थाका वरिष्ठ अधिकृतहरुको उपस्थिति थियो ।

प्रतिक्रिया