सोमबार, मंसिर ८, २०८२

ट्रेण्डिङ र भाइरलमा विश्वास छैन : राजेशपायल राई

मेरोन्यूज २०८० असोज ६ गते १०:४४

काठमाडौं । सांगीतिक चलचित्र हे दैव सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच सांगीतिक चलचित्र हे दैव सार्वजनिक भएको हो ।

चलचित्रमा बुद्धि तामाङ, माओत्से गुरुङ, एलिशा राई लगायतका कलाकारहरुको अभिनय छ । कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले आफूलाई ट्रेण्डिङ र भाइरलमा विश्वास नलाग्ने बताए। उनले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने बताए ।

आफूले अहिलेसम्म ७ देखि ८ हजारसम्म गीत गाइसकेको राईले बताए । उनले आफूलाई नेपाली गीत संगीतले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्नुपर्ने र नेपाली भिडियो देखाउँदा नेपाली कला कम नहोस भन्नेकुरामा मात्रै लोभ रहेको बताए ।

उनले इमान्दार भएर आफ्नो पेशामा रहन सक्दा फल प्राप्त हुने बताए ।

प्रतिक्रिया