धोकेवाज गायिका एलिनाको फेरी अर्को सांगीतिक कोसेली

काठमाडौं । पछिल्लो समय धोकेवाज गायिकाको ट्याग पाएकी गायिक एलिना चौहानको फेरी अर्को धोकेवाज गीत सार्वजनिक भएको छ । धोकामा छ मन धोकेवाज मनमा हुक लाईन रहेको गीतमा एलिनाको सुमधुर आवाज सुन्न सकिन्छ भने शव्द संगीत भाष्कर श्रेष्ठको रहेको छ ।
करीयरको सुरवाती बिन्दुमा युगल गीत के माया लाग्छबाट धेरै चर्चा बटुलेकी गायिकाको बेलाबेलाका गीतहरुले सर्बाधिक चर्चा पाउने गरेको छ । केहि समय अघि धोकेवाज हौ तिमी भन्ने गीतमा युवा पुस्ता धेरैनै आर्कषित भएका थिए । फेसबुक र टिकटकमा यस्को प्रभाव धेरैनै परेको थियो । सबै स्वादको गीत गाउने र बच्चा देखी बृद्धा सम्मका फ्यान फ्लोवर्स बटुलेकी एलिनालाई थोरै बढी आधुनिक गीत त्यसमाथीपनि प्रेम र बिछोडको गीतप्रति लगाब भएको देख्न सकिन्छ । हुनपनि प्रेम र बिछोडको गीतमा युवा पुस्ता झुमिने गरेको र सामाजिक संजालमा अधिकांस युवाहरुको पहुच भएकाले गर्दापनि यस्ता गीतमार्फत छिटै चर्चा बटुल्नमा सहज हुन्छ । धोकामा छ मन गीतमा विषेश भुमिका गायक प्रताप दासकोपनि रहेको छ ।
अहिलेको समयमा मेल भर्जन, फिमेल भर्जन जस्ता भर्जन अनुसार क्रमैसंग गीत आउने भएकाले यहि गीतको मेल भर्जन प्रतापको आवाजमा आउने हो कि भनेर अड्कल काट्न सकिन्छ । गीतको शब्दले प्रेममा बिछोड भएकाहरुको मन चस्स छुने गरेको कमेन्ट देख्न सकिन्छ । अधिकांशले तारीफ गरीएको गीतको संगीत साँच्चैनै धेरै राम्रो रहेको छ ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया