धोकेवाज गायिका एलिनाको फेरी अर्को सांगीतिक कोसेली

काठमाडौं । पछिल्लो समय धोकेवाज गायिकाको ट्याग पाएकी गायिक एलिना चौहानको फेरी अर्को धोकेवाज गीत सार्वजनिक भएको छ । धोकामा छ मन धोकेवाज मनमा हुक लाईन रहेको गीतमा एलिनाको सुमधुर आवाज सुन्न सकिन्छ भने शव्द संगीत भाष्कर श्रेष्ठको रहेको छ ।
करीयरको सुरवाती बिन्दुमा युगल गीत के माया लाग्छबाट धेरै चर्चा बटुलेकी गायिकाको बेलाबेलाका गीतहरुले सर्बाधिक चर्चा पाउने गरेको छ । केहि समय अघि धोकेवाज हौ तिमी भन्ने गीतमा युवा पुस्ता धेरैनै आर्कषित भएका थिए । फेसबुक र टिकटकमा यस्को प्रभाव धेरैनै परेको थियो । सबै स्वादको गीत गाउने र बच्चा देखी बृद्धा सम्मका फ्यान फ्लोवर्स बटुलेकी एलिनालाई थोरै बढी आधुनिक गीत त्यसमाथीपनि प्रेम र बिछोडको गीतप्रति लगाब भएको देख्न सकिन्छ । हुनपनि प्रेम र बिछोडको गीतमा युवा पुस्ता झुमिने गरेको र सामाजिक संजालमा अधिकांस युवाहरुको पहुच भएकाले गर्दापनि यस्ता गीतमार्फत छिटै चर्चा बटुल्नमा सहज हुन्छ । धोकामा छ मन गीतमा विषेश भुमिका गायक प्रताप दासकोपनि रहेको छ ।
अहिलेको समयमा मेल भर्जन, फिमेल भर्जन जस्ता भर्जन अनुसार क्रमैसंग गीत आउने भएकाले यहि गीतको मेल भर्जन प्रतापको आवाजमा आउने हो कि भनेर अड्कल काट्न सकिन्छ । गीतको शब्दले प्रेममा बिछोड भएकाहरुको मन चस्स छुने गरेको कमेन्ट देख्न सकिन्छ । अधिकांशले तारीफ गरीएको गीतको संगीत साँच्चैनै धेरै राम्रो रहेको छ ।


















रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
मधेसका जिल्लामा भूतपूर्व सैनिक सम्मेलन
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखकाे निर्देशन
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया