नेप्सेमा १९.४२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ । आइतबार नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ विन्दुमा झरेको छ। अघिल्ला ३ कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से आज घटेको हो ।
नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ३.१०, फ्लोट इण्डेक्स १.१८ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक घटेको छ।
आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २८५ स्टकको ८१ हजार १० पटकको कारोबारमा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँ बराबरको ९० लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से घटे पनि स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। शुभम् पावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कारण यस बैंकको शेयर कारोबार बढेको हो। बैंकको आज १३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सन नेपाल लाइफ इन्स्योरेन्सको करिब १० करोडको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ। आज लघुवित्त उपसमूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया