असोज १० देखि कात्तिक ३ गतेसम्म जावलाखेलमा जुत्ता चप्पल व्यापार मेला लाग्ने

काठमाडौँ । “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारासहित असोज १० गतेदेखि कार्तिक ३ गतेसम्म जाउलाखेल खेल मैदानमा बडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुने भएको छ ।
नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा पु¥याउने उद्धेश्यले मेला लगाउन थालिएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।
उद्योगी व्यावसायीहरुको मस्तिष्कलाई सकारात्मक बनाउदै देशको अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउनका निमित्त पनि मेला आयोजना गर्न लागिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
मेलाका संयोजक होमनाम उपाध्यायले भने, ‘स्वदेशी उत्पादनलाई माया गर्ने, स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने भावनाको विकास आम उपभोक्ता र सवै नेपालीहरुमा हुने हो भने देशमा सवै प्रकारका उद्योगहरु खुल्न सक्ने वातावरण बन्न सक्छ । देश औद्योगिकिकरणको बाटोमा अगाडी बढ्रन सक्छ । औद्योगिकिकरणको माध्यमबाट मात्र देशलाई सम्वृद्ध बनाउन सकिन्छ । व्यापक रुपमा रोजगारीका अवसरहरु सिर्जना हुन सक्छ । उद्योग संचालन गर्नकालागि उत्पादित वस्तु विक्नु पर्दछ ,कम्तीमा उद्योगीहरु र उद्योग वा“च्नु पर्दछ । यसकालागि नेपाली उपभोक्ताले स्वदेशमा नै उत्पादित वस्तु प्रयोग गर्ने वानी वसाल्नु पर्दछ । पहिले त देशलाई आत्म निर्भर बनाउनु प¥यो त्यसपछि बढि भएको उत्पादन निर्यात गरेर देशलाई सम्वृद्ध बनाउन सकिन्छ । स्वदेशी उत्पादन प्रयोग गरि राष्ट्रि«यताको भावनाको विकास गराउने कार्य सञ्चार क्षेत्रले मात्र गर्न सक्ने भएकाले यो भुमिकामा यहाँहरुको सहयोगको सधैं अपेक्षा हामीले गरि रहनेछौं ।’
मेलामा नयाँ नयाँ डिजाईनका जुत्ता चप्पल आकर्षक मुल्यमा उपलव्ध हुने उनले बताए । मेला बिहान ७ बजेदेखि वेलुकी ७.०० वजेसम्म चल्ने पनि उनले बताए ।
मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल टे«ड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहने उपाध्यायले बताए ।
उनले मेलामा ३ हजार भन्दा वढि मोडल र डिजाइनका जुत्ताहरु उपलव्ध हुने जानकारी दिए । मेला अवधिभर विषेश छुटको व्यवस्था गरिने उनको भनाइ थियो । मेलामा न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइने उनले बताए ।



















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया