मैवाखोला गाउँपालिकाका पहिरो पीडित एकीकृत बस्तीमा

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले पहिरोका कारण विस्थापित बनेका ओदक र ताम्राङका ६५ परिवारलाई एकिकृत बस्ती तथा अस्थायी आवास निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको छ ।
गत असारको सुरुवाती समयमा गएको विनाशकारी पहिरोबाट विस्थापित बनेका वडा नम्बर ४ ओदक र ताम्राङ बस्तीका परिवारलाई एकिकृत बस्ती निर्माण गरेर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
साँघुस्थित निर्माणाधीन मदन भण्डारी स्मृति रङ्गशालामा निर्मित एकिकृत बस्ती तथा अस्थायी आवासको सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराई, गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमलगायतले संयुक्त रुपमा उद्घघाटन गरि हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।
पहिरो लगत्तै गाउँपालिकाले आश्रय र सुरक्षाको तत्काल आवश्यकतालाई सम्बोधन गर्दै बस्ती परियोजनाका लागि कदम चालेको थियो । करिब दुई महिनाको अवधिमा निर्मित बस्तीले विस्थापित बनेका र पहिरोको उच्च जोखिममा परेका घर परिवारलाई सुरक्षित आश्रयस्थलका रुपमा काम गर्ने गाउँपालिका अध्यक्ष वनेमले बताए ।
परिवार सङ्ख्या हेरी विभिन्न वर्गमा वर्गिकरण गरेर आवास कक्ष हस्तान्तरण गरिएको छ । खानेपानी, शौचालय लगायतको सुविधा सहितका ६५ आवास गृह निर्माण गरिएका छन् । टोल विकास संस्था, स्थानीय समुदायसहित विभिन्न योगदानकर्ताको सहयोगले बस्ती निर्माणमा महत्वपुर्ण भुमिका खेलेको गाउँपालिकाले जनाएको छ ।
बस्तीमा रहेका आवास गृह रु एक करोड ५० लाख बढीको लागतमा निर्माण भएको जनाइएको छ । आवास पाएसँगै पहिरो पीडित परिवारले राहत महसुस गरेका छन् । असार पहिलो सातामा अविरल वर्षासँगै गएको पहिरोका कारण मैवाखोलामा ठूलो मात्रामा भौतिक क्षति पुगेको थियो । उक्त समयमा सिदिङ्वा गाउँपालिकामा समेत पहिरोका कारण जनधनको क्षति भएको थियो ।

















पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट
ठगीको अभियोगमा तीन जना पक्राउ
बंगलादेशमा बीएनपीलाई बहुमत, ३५ वर्षपछि पुरुष प्रधानमन्त्री बन्दै रहमान
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
विश्वकपमा आज तीन खेल, पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा हुँदै
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया