शनिबार, वैशाख ५, २०८३

नेप्से ५.८९ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

मेरोन्यूज २०८० असोज ८ गते १५:४४

काठमाडौँ । सोमबार नेप्से परिसूचक ५.८९ अंक घटेर २००४.४५ विन्दुमा झरेको छ। आइतबार करिब साढे १९ अंक घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स १.९४, फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ इण्डेक्स ०.७३ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आइतबार २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २८४ स्टकको ७८ हजार ४२१ पटकको कारोबारमा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको ६५ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटे पनि आज माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । इष्टर्न हाइड्रोपावर, हिमालयन लघुवित्त र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ।

आज शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको यस दिन ७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

प्रतिक्रिया