पारस खड्कासँगको छलफलपछि सन्दीप एसियाड खेल्न आज चीन जाने

काठमाडौं । क्रिक्रेटर सन्दीप लामिछाने एसियाड खेल्न आज चीन जाने भएका छन् । आफुमाथी लागेको बलत्कारको अभियोगमा लामो समयसम्म अदालतमा मुद्दा निर्णयमा पुग्न नसकेको र त्यही कारण देखाएर निरासा ब्यक्त गरिरहेका सन्दीप अन्तत क्रिक्रेट संघका नवनिर्वाचित पदाधिकारीसागको छलफलपछि आज खेल खेल्न चीन जान तयार भएका हुन् ।
नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्द र पूर्वकप्तानसमेत रहेका सचिव पारस खड्कासँगको छलफलपछि उनी आज दिउँसो चीनको हाङजाओ जान तयार भएका हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टोली भने आइतबार नै चीन गइसकेको छ। बलात्कार अभियोग लागेका लामिछाने भने त्यही दिन मुद्दाको पेसी परेकाले टोलीसँगै जान पाएनन्।
तर न्यायाधीश नभएको भन्दै काठमाडौं जिल्ला अदालतले मुद्दाको सुनुवाइ स्थगन गरेपछि सन्दीप चीन जाने बाटो खुलेको हो।
क्यानले हिजै (सोमबार) का लागि चीन जाने टिकट काटेको भए पनि अध्यक्ष चन्द र सचिव खड्कासँग सन्दीपको सोमबार राति ९ बजे छलफल भएकाले चीन प्रस्थान आजका लागि सारिएको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए ।
‘आज १२ बजेर २० मिनेटमा एयर चाइनाको उडानबाट उहाँ (सन्दीप)चीन जानुहुन्छ’, घिमिरेले भने।
















यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया