लम्पी स्किन रोग विरुद्धको खोप प्रभावकारी

काठमाडौँ, । लम्पी स्किन रोग विरुद्धको खोप गुणस्तर मापदण्ड अनुसार नै रहेको छ । कान्तिपुर भेट डिस्ट्रिव्युर्टस प्रालिले विभिन्न मुलुकबाट खरिद गरि ल्याएको खोप गुणस्तरिय र मापदण्ड अनुसार नै रहेको जनाएको छ ।
डिस्ट्रिव्युर्टसले खोपका सम्बन्धमा आएको विभिन्न समाचार प्रति ध्यानाकर्षण भएको जनाउँदै पशुसेवा विभागको आयात निर्यात कार्यविधि २०७३ अनुसार नै पशुपंक्षिमा लाग्ने लम्पी स्किन विरुद्धको खोप गुणस्तर रहेको डिस्ट्रिव्युर्टसका कार्यकारी अधिकृत ऋषि बडालले जानकारी दिए ।
“हामीले आयात गरेका लम्पी स्किन रोग विरुद्धको खोप विक्रि भई किसान समक्ष जादा उक्त खोपहरु प्रयोगमा आय पश्चात कुनै पनि पशुको मृत्यु नभएको र उक्त खोप प्रभावकारी रहेको व्यहोरा स्वय सिद्ध छ”उनले भने “ उत्पादनकर्ता अन्तराष्ट्रिय कम्पनीले महामारी रोकथामको उल्लेखित खोप कमजोर गुणस्तरको उत्पादन नगर्ने, नहुने हुँदा विगत ३० बर्षदेखि औषधी तथा खोपको आयात तथा विक्री वितरणको कार्य गर्ने यस कम्पनीले न्यून गुणस्तरको खोप आयात गरि विक्री वितरण गर्ने सवालै रहदैन ।”
कम्पनीले लम्पि स्किन महामारी फैलिएको अवस्थामा १० लाख मात्रा खोप खरिद गरेकोमा ९ लाख पचास हजार मात्रा पशुहरुलाई लगाएको र ५० हजार मात्रा कम्पनीमा मौज्यात रहेको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत बडालले जानकारी दिए ।
यसैगरी कम्पनीले यहि असोज ८ गते पशु सेवा विभागबाट थप दश लाख मात्रा खोप आयातका लागि अनुमति पाएको छ ।
नेपालमा लम्पी स्किन रोग विरुद्धको खोप ल्याउने तीन वटा कम्पनी रहेका छन्।
कम्पनीले ती तीन कम्पनीभन्दा सस्तो दरमा खोप उपलब्ध गराउँदै आएको छ । प्रचलित बजार मूल्य ३०५ मा विक्री वितरण भइरहेको उक्त खोप महामारी आएपनि पशुपालक किसानलाई राहत हुने गरि कम्पनीले प्रति मात्रा १२० मा विक्री वितरण गरेको उनले बताए ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया