जनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत

जनकपुरधाम । यहाँका अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि सुरु भएको अनुगमनका क्रममा जनकपुरधामस्थित रेल्वे स्टेशन क्षेत्रमा रहेका मासु पसलको अवस्थाबारे जानकारी लिइएको थियो ।
केन्द्रका प्रमुख डा सञ्जीवकुमार ठाकुरले अनुगमनका क्रममा अधिकांश पसलहरु दर्ता बिना सञ्चालनमा रहेको पाइएको बताए । उनले मासु जाँचसम्बन्धी ऐन नियमअनुसार न्यूनतम मापदण्डसमेत पालना नगरेको र गुणस्तरहीन मासुसमेत भेटिएको बताए ।
“धनुषाको मासु बजारका समस्याका विषयमा सञ्चारमाध्यममा समेत समाचार आएपछि अनुगमन गरेका हौँ”, उनले भने, “जसमा अधिकांश व्यवासायीले न्यूनतम मापदण्ड पनि पालना नगरेको पायौँ, केहीलाई नियन्त्रणमा लिएका छौँ भने केहीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छौँ ।” अनुगमनका क्रममा करिब ३० केजी दुषित मासु नष्ट गरिएको छ ।
पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनुषामा कार्यरत डा राकेश मोहन सिंहले नियन्त्रणमा लिइएका मासु परीक्षणका लागि नमूना प्रयोगशालामा पठाइएको बताए ।
घरेलु तथा साना उद्योग कार्यालय धनुषाका सूचना अधिकारी मनोजकुमार कर्णले अनुगमन गरिएका पसलमध्ये अधिकांश दर्ताबिना सञ्चालन भइरहेको पाइएको बताए। उनहाँले ज्यूँदो कुखुरा बेच्ने अनुमति लिए पनि मासु काटेर बेच्ने गरेको, मासु र अण्डा एकै ठाउँमा राखेर बिक्री गरिरहेको पाइएपछि दर्ता गरी मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन दिएको बताए ।
पशुसेवा विज्ञ केन्द्र प्रमुख डा ठाकुरले पहिलो चरणमा जनकपुर बजार क्षेत्रमा र त्यसपछि अन्य स्थानमा अनुगमन गरिने बताए। अनुगमनमा मासु पसल, भेटेरेनरी र डेरीको अनुगमन गरिने उनको भनाइ छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय धनुषासहित सरोकारवालाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो ।
















निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह
म्याग्दीको दोसल्लेबाट दुई करोड मूल्य बराबरको सुन्तला बिक्री
सर्वदलीय बैठक सम्पन्न
Australian police charge man after finding 23,000 child abuse images
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया