साफ यू-१९ च्याम्पियनसिप : नेपाललाई टाइब्रेकरमा हराउँदै भारत फाइनलमा

काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भएको हो । जितसँगै भारत फाइनलमा पुगेको छ । अब उसले पाकिस्तानसँग फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ । आजै पाकिस्तान भुटानलाई हराउँदै फाइनलमा पुगेको हो ।
नेपाल र भारतको खेलमा नेपालका प्रशान्त लक्सम लिम्बु, लक्ष्मण थापा र विक्रम तामाङले पेनाल्टीमा गोल गर्न नसकेपछि नेपाल पराजित भएको हो ।
नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका थिए ।
भारतका लागि अर्जुन सिंह,गोम्सर गोयारी र माङलिङ थेङ किपिङले गोल गरे । दिनेश सिंह र रिक्की मित्तलको पेनाल्टी नेपालका गोलरक्षक जियारथ शेखले बचाए ।
यसअघि निर्धारित समयको खेल १-१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट पोष्टमा प्रहार गरेका थिए ।
तर ७४ मिनेटमा नेपालका लागि समीर तामाङले बराबरी गोल फर्काए । उनले दीपक थापा मगरको असिस्टमा हेडर गोल गरेका हुन् ।
















दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
एमाले सचिवालय बैठक जारी
Gold and silver prices up
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया