शनिबार, वैशाख ५, २०८३

३५०० मिटरको उचाइमा रहेको साब्जे लेकबाट सार्वजनिक गरियो मनाङ भ्याली वाइन

मेरोन्यूज २०८० असोज १० गते २०:५३

काठमाडौं । मनाङका लोकल किसानहरुद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ । कलाकार स्वस्तिमा खड्का लगायत अन्य पत्रकारहरुको उपस्थितीमा मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्र लन्च हुने गरेकोमा मनाङ बेभरेजले भने ३५०० मिटरको उचाइमा रहेको साब्जे लेकमा पत्रकारहरुलाई निमन्त्रणा गर्दै आफ्नो नयाँ वाइन सार्वजनिक गरेको हो । यो अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा सार्वजनिक गरिएको उत्पादन हो ।
लन्चमा बोल्दै मनाङ बेभरेजका डाइरेक्टर आश्रय रंजितकारले भने, “हिमालयको शुद्धता र मौलिकपनाबाट प्रभावित भएर हामीले मनाङ भ्याली वाइन बजारमा ल्याएका छौँ । स्थानीय स्तरमा उत्पादित स्याउहरुबाट अत्याधिक प्रविधि प्रयोग गरी तयार गरिएको मनाङ भ्याली वाइन तपाईँहरु माझ ल्याउन पाउँदा हामी उत्साहित छौँ । विदेशी वाइन चाख्ने बानी परेका नेपाली उपभोक्ताहरुले नेपाली स्वादको वाइन पक्कै पनि मन पराउनुहुनेछ भन्ने हामीलाई विश्वास छ ।”


प्रकृति र संस्कृतिको कलात्मक सम्मिश्रणले सजीसजाउ मनाङ भ्यालीमा स्थानीय किसानहरुद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइनको स्वाद पनि उत्तिकै बेजोड रहेको कम्पनीले जानकारी दिएको छ । मनाङ भ्याली वाइनले पर्यटकीय गन्तव्यको रुपमा मात्र चिनिएको मनाङ भ्यालीलाई एउटा अलग पहिचान प्रदान गर्दै मनाङको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान गर्ने कम्पनीको दावी छ ।

मनाङ भ्याली वाइनको आगमनले स्थानिय रुपमा उत्पादित सामाग्रीहरुको प्रयोगबाट नै विश्वस्तरीय उत्पादन बनाउन सकिन्छ भन्ने कुराको पनि उत्कृष्ट उदाहरण दिएको छ ।
त्यस्तै स्वस्तिमा खड्काले भनिन्, “मनाङ भ्याली वाइन वास्तवमै गज्जब स्वदको छ । यसको हरेकसिपमा हिमालयको शुद्धता र मौलिकपनाको आभास हुन्छ । विदेशी वाइनहरुले प्रभुत्व जमाउदै गरेको अहिलेको अवस्थामा मनाङ भ्याली वाइनको यस स्तरको नेपाली वाइन आउनु नेपाली अर्थतन्त्रकै लागि गर्वको कुरा हो ।”
मनाङ भ्याली वाइन व्हाइट कलरमा स्विट र सेमी स्विट भर्सनमा उपलब्ध छ ।

प्रतिक्रिया