सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर दुई बच्चालाई जन्म दिएकी सुत्केरीको बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
बडीमालिका नगरपालिका–९ मार्तडीकी १८ वर्षीया ललिता नेपालीको शल्यक्रिया गरेर बच्चा निकालेपछि मुर्छा पर्ने, बेहोस हुनेलगायतका लक्षण देखा पर्ने थालेपछि अन्य अस्पतालमा रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए । सुत्केरी नेपालीको जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर दुई नवजात शिशुको निकालिएको थियो ।
अस्पताल बाजुराले रिफर गरेर जिल्लामा उपचार सम्भव नभएको प्रशासनलाई जानकारीपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
महिलाको अवस्था गम्भीर भएकाले महिला तथा बालबालिका समाज कल्याण मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।
उनले सुत्केरीको ज्यान खतरामा भएकाले नेपालगञ्ज लैजाने गरी नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको बताए । मङ्गलबार नेपाली सेनाको हेलिकप्टरमा हिमाली गाउँपालिका–१ विच्छ्याकी २३ वर्षीया कल्पना रोकायाको अत्यधिक रक्तस्राव र नाल नआएर पाठेघरको मुख बन्द भएपछि उद्धार गरिएको थियो ।















प्रधानमन्त्री बालेनले आज संसदमा महिला आयोगको प्रतिवेदन पेस गर्दै
आजको मौसम : कतै वर्षा, कतै हुरी !
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया