भरतपुर महानगरपालिकामा बृहत खुल्ला योग शिविर हुने

नारायणगढ । भरतपुर महानगरपालिका–१ रामनगरमा वृहत खुल्ला योग शिविर सञ्चालन हुने भएको छ । पतञ्जलि योग समिति नेपालको तत्वावधान र पतञ्जलि योग समिति चितवन तथा रामनगर ठिमुरा समाज भरतपुरको आयोजनमा तीन दिने वृहत योग शिविर सञ्चालन हुन लागेको हो ।
विहिबार पत्रकार सम्मेलन गर्दै रामनगरको पुष्पबाटीकामा यही असोज १३ देखि १५ गतेसम्म बिहान ५ देखि ७ बजेसम्म दुई घण्टा शिविर सञ्चालन हुने जनाईएको हो ।
‘कोहीपनि अस्पताल जान नपरोस्, गरौँ योग रहौँ निरोग’ भन्ने मूल नारासहित आयोजित शिविरमा पतञ्जलि योग समिति नेपालका प्रमुख वरिष्ठ योग गुरु लवदेव मिश्र प्रशिक्षक रहनुहुने समितिका संरक्षक तथा पूर्व प्रहरी नायब महानिरिक्षक ज्ञानेन्द्रविक्रम महतले जानकारी दिए ।
उनले योगाभ्यास गर्दा मानिसको शारीरिक तथा मानसिक पक्ष बलियो हुने र स्वस्थ्य समाज निर्माणमा योगले सहयोगी भूमिका खेल्ने हुँदा शिविर आयोजना गर्न लागिएको बताए । खुला रुपमा शिविर सञ्चालन गर्दा सबैको पहुँचसम्म पुग्ने हुँदा सबैले यसको फाइदा लिन समेत उनले आग्रह गरेका छन् ।
महतले पत्रकार सम्मेलनमा असोज १४ गते भरतपुरको रामनगरका साथै गैँंडाकोटको मौलाकालिका मन्दिर परिसरमा समेत योगाभ्यासको कार्यक्रम रहेको जानकारी दिए । शिविरमा दैनिक पाँच सय जनाभन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ । योग शिविरको कार्यक्रम पश्चात भरतपुरमा योग शिक्षक तालिमसमेत प्रदान गरिने महतले पत्रकार सम्मेलनद्वारा जानकारी दिएका छन् ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया