सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ :मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुने बताए ।
सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले आज यहाँ आयोजना गरेको गोष्ठीमा उनले सार्वजनिक सरोकारका विषयमा जति बढी जानकारी प्राप्त हुन्छ त्यती बढी जनता सशक्त हुने बताए ।
मन्त्री शर्माले भने, “सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ । यसले सार्वजनिक सरोकारका सबै विषयमा जनताको पहुँच पु¥याउन सहयोग गर्छ ।” सूचनाको हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पु¥याउनु आजको आवश्यकता रहेकामा उनको जोड थियो ।
सूचनाको हकलाई संविधानमा मौलिक हककारुपमा व्यवस्था गरिएको र यसको कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी ऐन रहेको जानकारी गराउँदै मन्त्री शर्माले ऐनको मुख्य उद्देश्य जनतालाई बलियो बनाउनु हो भने ।
“अनलाइन स्पेसको वृद्धिसँगै एकातिर सूचना सङ्कलन, भण्डारण र प्रवाहमा सहजता आएको छ भने अर्कातिर सूचना प्रविधिको प्रणालीमाथिको अनाधिकृत पहुँच दुरुपयोगको समस्याका कारण सूचनाको सुरक्षामा चुनौती थपिएको छ”, मन्त्री शर्माले भने । यसका लागि सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेको उनले उल्लेख गरे ।
सो अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोग सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि यसलाई पूर्णरुपमा अनलाइनमा लैजान प्रयासरत रहेको बताउँदै आयोगले सूचना मागकर्ता र सार्वजनिक निकायका लागि सहयोगी पुस्तिका बनाएको उल्लेख गरे । उक्त पुस्तिकालाई आगामी दिनमा स्थानीय भाषामा पनि प्रकाशन गर्ने योजना रहेको उनले बताए ।
प्रमुख सूचना आयुक्त गुरुङले सूचनाको हकलाई पूर्ण समावेशी बनाउन लागेको बताउँदै यसले कार्यान्वयनमा प्रभावकारी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले ‘अनलाइन स्पेस र सूचनाको हक अवसर र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसैगरी मन्त्रालयका सहसचिव अनिलकुमार दत्त, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा र आयोगका आयुक्त रत्नप्रसाद मैनलीले टिप्पणी गरेका थिए । कार्यक्रममा मन्त्री शर्माले आयोगले सूचना मागकर्ता र सार्वजनिक निकायका लागि सहयोगी पुस्तिका विमोचन गरेका थिए ।
















Parties have been cooperating when nation faces difficulties: NCP Coordinator Dahal
80.70 billion cubic metres gas deposit confirmed in Jaljale, Dailekh
प्रतिनिधिसभा निर्वाचनः डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया