सुर्खेत–हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँ : कार्यवाहक प्रधानमन्त्री खड्का

कर्णाली । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिने बताएका छन् ।
गुर्भाकोट नगरपालिका सुर्खेत बोटेचौरस्थित स्थापना भएको भेरी कोरिडोर सिञ्चाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा उनले सुर्खेत–हिल्सा जोड्ने सडक निर्माणपछि कर्णाली र भेरी करिडरका सडक बनाइने बताए । उनले भने, “यो आयोजना विगतमा ओझेल पर्दै गए पनि अबका दिनमा तीव्रताका साथ अगाडि बढ्नेछ ।”
उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहनुभएका खड्काले आर्थिक प्रतिकुलताको बीचमा कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकार सबल अर्थतन्त्र निर्माणमा लागिपरेको बताए ।
अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएकोले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरिएको उनको भनाइ थियो । कर्णालीको जल, जडीबुटी र कृषिजन्य उत्पादनलाई प्रयोगमा ल्याउन र यहाँका सम्भावनालाई केन्द्रसँग जोडेर लैजाने हिसाबले काम भइरहेको बताउँदै कार्यवाहक प्रधानमन्त्री खड्काले निर्वाचन अवधिमा फरक दल भए पनि कर्णालीको विकास र समृद्धिको पक्षमा सबै जनप्रतिनिधिको एकमत रहेको उनले बताए ।
उनले प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा मुलुकको पूर्वाधार तथा ऊर्जा विकासका क्षेत्रमा महत्वपूर्ण सम्झौता गरेको बताए । उनका अनुसार सुशासन एवं जनमैत्री शासन व्यवस्थाको प्रत्याभूति जनतालाई गराउने खालका सुशासनसँग सम्बन्धित कार्ययोजना सार्वजनिक गरिनेछ ।
कर्णालीलाई बजेट विनियोजनमा पहिलो प्राथमिकता राखेको भन्दै उनले त्याहाँका जनताको खुसी र समृद्धिका लागि सबैदल एक हुनुको विकल्प नभएको धारणा राखेका छन् ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आयोजनाको कार्यालय स्थापना हुनुमा कार्यवाहक प्रधानमन्त्रीको विशेष योगदान रहेको बताए ।
जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले भेरी कोरिडोर क्षेत्रको विकासले कर्णालीको आर्थिक समृद्धिमा सहयोग पुग्ने भनाइ राखे । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले आयोजनाको अलग्गै कार्यालय हुनुले काममा छरितोपन आउने र पर्यटन विकासमा पनि सघाउ पुग्नेमा विश्वास व्यक्त गरेका छन् ।
















Madhesh Province Assembly formulates 67 laws
साँढेको जुधाइ, बाच्छाको मिच्याइँ नहोस् : प्रचण्ड
थाइल्यान्डको एक विद्यालयमा गोली चल्दा प्रधानाध्यापकको मृत्यु
4 die, 5 injured in firing incidents in Karachi
यस्ता छन् कोशी सरकारको मन्त्रिपरिषद् बैठकका निर्णय
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया