नेपालको संविधान विश्वकै उत्कृष्ट : राजदूत खत्री

वाशिङ्टन डिसी । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताएका छन् ।
संविधानले नागरिकको न्यूनतम अधिकार सुरक्षित गर्दै प्रजातन्त्र, आवधिक निर्वाचन, समावेशी समानुपातिक सहभागितालाई आत्मसात गरेको भन्दै संविधान निकै राम्रो बनेको उनले बताएका हुन् ।
बिहीबार वाशिङ्टन डिसीमा नेपालको राष्ट्रिय दिवसका अवसरमा आयोजित समारोहमा राजदूत खत्रीले प्रजातान्त्रिक अभ्यासअनुरुप सङ्घीय, प्रादेशिक र स्थानीय तहको दुईपटक आवधिक निर्वाचन सम्पन्न गरिसकेको उल्लेख गरेका हुन् । संविधानले पूर्णरूपमा प्रेस स्वतन्त्रता, नागरिक समाजको सहभागितालगायतका विषयमा अधिकार सुनिश्चित गरेको उनको भनाई थियो ।
संविधानले राजनीतिमा महिलाको सहभागितालाई सुनिश्चित गरेको उनले बताए । प्रदेश र सङ्घीय संसद्मा महिलाको ३३ प्रतिशत संवैधानिकरूपमा सुनिश्चित गरिएको भन्दै उनले विश्वका निकै कम देशमा मात्रै यस्तो व्यवस्था भएको दाबी गरेका हुन् ।
“नेपाल र अमेरिकाबीच विगत ७६ वर्षदेखि सामूहिक विश्वास, सहकार्य र सम्मानको सम्बन्ध छ । यी दुई देशबीचको सम्बन्ध प्रजातन्त्र, मानवअधिकार र स्वतन्त्रताका मूल्य, मान्यतामा आधारित छ”, राजदूत खत्रीले भने । अमेरिकासँग पारस्परिकरूपमा मित्रवत् सम्बन्ध रहेको उल्लेख गर्दै उनले यस सहकार्यले नेपालको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।
अमेरिकी सरकारले प्रदान गरेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन कार्यान्वयनको चरणमा प्रवेश गरेको भन्दै राजदूत खत्रीले अमेरिकी सहयोग नियोगलाई सहयोगका लागि धन्यवाद दिए । नेपालमा संविधान जारी भएको दिन असोज ३ मा संविधान दिवस मनाउने गरिएको छ । साथै विदेशस्थित नियोगहरूले मनाउँदै आएको नेपाल दिवस अमेरिकामा यसपटक असोज ११ गते बिहीबार मनाइएको हो ।
कार्यक्रममा अमेरिकाका सरकारी अधिकारीहरू, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, अमेरिकामा रहेका नेपाली, नेपालीमूलका अमेरिकाका डेलिगेट हयारी भण्डारी, नेपालका लागि पूर्वअमेरिकी राजदूत पिटर बोडे, भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय, विभिन्न देशका राजदूत, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।
नेपालको संविधान दिवसका अवसरमा गत सातामात्रै अमेरिकी सरकारको तर्फबाट विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले विज्ञप्ति जारी गरेका थिए ।
















4 die, 5 injured in firing incidents in Karachi
यस्ता छन् कोशी सरकारको मन्त्रिपरिषद् बैठकका निर्णय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
उन्नत लोकतन्त्रका लागि समावेशी निर्वाचन
चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया