शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्र गुप्ता भ्रष्टाचारी ठहर
मेरोन्यूज
२०८० असोज १२ गते १८:२८

काठमाडौं । विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्र गुप्तासहित २ जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।
विशेष अदालतका सदस्यहरु यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको इजलासले गुप्ता सहित इञ्जिनियर रामचन्द्र साहलाई पनि भ्रष्टाचारी ठहर गरेको हो ।
उनीहरुमाथि एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप थियो ।
दुवैजनाबाट एक लाख ४० हजार रुपैयाँ विगो र त्यति नै जरिवाना हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । दुवैलाई ६, ६ महिना कैद गर्ने फैसला भएको छ ।
साहलाई अख्तियारको टोलीले गत फागुनमा रंगेहात पक्राउ गरेको थियो । पछि प्रमुख गुप्ताले पनि घुस मागेको भेटिएपछि अख्तियारले गुप्तालाई पनि मुद्दा चलाएको हो ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया