एसियाली खेलकुद : भारतविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल
मेरोन्यूज
२०८० असोज १६ गते ६:४५

चीनको हाङजाओमा जारी १९ औं एसियन गेम्स अन्तर्गत टी-२० क्रिकेटमा भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। मंगलबारको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
क्वाटरफाइनलको पहिलो खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुन लागेको हो। भारतले सिधै क्वाटरफाइनलमा मौका पाएको हो भने नेपाल समूह चरणका दुईवटै खेल जितेर क्वाटरफाइनल प्रवेश गरेको हो।
समूह चरणमा नेपालले मंगोसियालाई २७३ र माल्दिभ्सलाई १३८ रनको फराकिल अन्तरले हराएकाे थियाे।
दोस्रो क्वार्टरफाइनल खेल पनि आजै हुनेछ । यसका लागि पाकिस्तान र हङकङ भिड्नेछन्।
श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया बुधबार खेल्नेछन्।
सम्बन्धित
















यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया