इरानी क्लबमाथि अल हिलालको सहज जित
मेरोन्यूज
२०८० असोज १७ गते ७:१४

काठमाडौं । एसियन च्याम्पियन्स लिग अन्तर्गत साउदी क्लब अल हिलालले पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले इरानी क्लब नस्साजी मजान्दारनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिक, नेइमार र सलेह अलशेहरिले एक एक गोल गरेका थिए । यस खेलमा अल हिलाल र नस्साजीका एक एक खेलाडीले रातो कार्ड पाएका थिए ।
खेलको ३८औँ मिनेटमा नस्साजीका अमिर मोहमद र अल हिलालका सलमान अल फराजले रातो कार्ड पाएपछि दुवै टिम १०(१० खेलाडीमा सिमित भएका थिए ।
यस सिजनको एशियन च्याम्पियन्स लिगको पहिलो खेल बराबरी खेलेको अल हिलालले दोस्रो खेलमा जित हासिल गरेसँगै २ खेलमा ४ अंक हासिल गरेको छ ।
त्यस्तै नस्साजीको भने २ खेलमा ३ अंक रहेको छ ।
सम्बन्धित
















यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया