एमाले गण्डकीका यी हुन् उम्मेदवार (सूचीसहित)
९०७ जना मतदाता, ३ सय ८२ जना उम्मेदवार, मतदान सुरु

पोखरा । नेकपा (एमाले ) को गण्डकी प्रदेश नेतृत्वका लागि आज मतदान हुँदैछ । महासचिव शंकर पोखरेल र स्थायी कमिटि सदस्य खगराज अधिकारी समुह र उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समुहका बीचमा प्यानलै बनेर चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।
एमालेले आन्तिरिक प्रतिस्पर्धा गर्न पाउने भएपनि प्यानल बनाएर प्रतिस्पर्धामा रोक लगाएपनि भित्री रुपमा प्यानल निर्माण भएको छ ।
५ पदाधिकारीमा ११ जनाको उम्मेदवारी परेको निर्वाचत समितिले जानकारी दिएको छ। कुल ३ सय ८२ जनाको उम्मेदवारी परेको बताइएको छ।
उपमहासचिव गुरूङले बनाएको प्यानलबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मालाई अघि सारिएको छ। उनी निवर्तमान अध्यक्ष पनि हुन्।
उपाध्यक्षमा स्याङ्जाका मीनबहादुर गुरूङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर बिक उम्मेदवार छन्।
लेखा आयोग प्रमुखमा नवलपुरका अमृत ज्ञवाली र उपाध्यक्षमा गोरखाका गिरिधारी बास्कोटा र सचिवमा बाग्लुङका वीरबहादुर बिकलाई अघि सारेका छन्।
स्थायी कमिटि सदस्य खगराज अधिकारी समूहले अध्यक्षमा लमजुङका मायानाथ अधिकारी, उपाध्यक्षमा नवलपुरका बाबुराम बिक, सचिवमा कास्कीका रश्मी आचार्यलाई अघि सारेको छ। उपसचिवमा म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरूङलाई उम्मेदवार बनाएको छ। रावलले युवा संघको अध्यक्षमा क्षितिज थेवेसँग प्रतिस्पर्धा गर्न खोजेका थिए। तर नेतृत्वले थेवेलाई सर्वसम्मत गरेपछि युवा संघमा चुनाव नै भएन। गुरूङलाई उपमहासचिव विष्णु रिमालले अघि सारेका हुन्।
उपमहासचिवमा अर्जुनकुमार सुनामले पनि उम्मेदवारी दर्ता गराएका छन्।
अब केहीबेरमै मतदान प्रक्रिया आरम्भ हुने र अहिले अध्यक्ष मण्डलको बैठक बसिरहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
एमाले गण्डकी प्रदेश अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधि रहेको निर्वाचन समितिले बताएको छ।
बुधबार बिहान उम्मेदवारी दर्ताको समय तोकिएको थियो। दिनभरिको सर्वसम्मतिको प्रयास विफल भएपछि बिहीबार बिहान मतदान हुन लागेको हो। भोटिङ मेसिन प्रयोग गरेर चुनाव हुन लागेको निर्वाचन समितिले बताएको छ।
गण्डकी प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।



























मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
कुखुरामा देखियाे इकोलाईको समस्या
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया