चट्याङसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा २० शोधपत्र प्रस्तुत

काठमाडौँ । विदेशी वैज्ञानिकको सहभागितामा चट्याङ र यसको पूर्वसूचना प्रणाली तथा रोकथामका विषयमा नेपालमा जारी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत २० वटा शोधपत्रमाथि छलफल भएको छ ।
ती शोधपत्रमध्ये १२ वटा विदेशी विज्ञहरुले प्रस्तुत गरेका चट्याङविद् प्राडा श्रीराम शर्माले बताए । सम्मेलनमा कूल ४४ वटा शोधपत्र प्रस्तुत हुँदैछन् । आज जलवायु परिवर्तन र यसले पारेको असरका साथै त्यसबाट उत्पन्न हुने चट्याङलगायत विपद्जन्य परिस्थिति र चट्याङबाट हुने क्षति न्युनिकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुत शोधपत्रमाथि छलफल भएको पनि उनको भनाई थियो । यस्तै चट्याङको पूर्वसूचना प्रणालीका विषयसमेतमा प्रस्तुत सोधपत्रमाथि पनि छलफल भएको छ ।
ललितपुरको पुल्चोकमा जारी सम्मेलनमा करिब १०० प्रतिनिधिको सहभागिता छ । हिजोदेखि सुरु तीन दिने सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायत देशका विज्ञहरुको सहभागिता रहेको छ ।
यही १९ गतेसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयका बारेमा छलफल भइरहेको छ । मुख्यगरी यो सम्मेलनले नीति निर्माणका सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् डा शर्माले जानकारी दिए ।
चट्याङका दृष्टिकोणले नेपाल उच्च जोखिमयुक्त मुलकुमा पर्छ । अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो जोखिमयुक्त मुलुकमा पर्ने पनि उनले बताए । औषत वार्षिक १०० जनाले चट्याङमा ज्यान गुमाउने र ३०० भन्दा बढी घाइते हुने गरेको पाइन्छ ।
बुधबार सम्मेलन उद्घाटन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले चट्याङजस्तो जटिल विषयमा नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिकको सहभागितामा सम्मेलन हुुनु महत्वपूर्ण भएको बताएका थिए । सम्मेलन सफलताका लागि कामना गर्दै उहाँले मन्त्रालयबाट हुने आवश्यक साथ सहयोग र योजना निर्माणलाई प्राथमिकता दिइने पनि उल्लेख गरेका छन् ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया