शुभमन गिललाई डेंगु, विश्वकप क्रिकेटको खेलअघि भारतलाई ठूलो झट्का
मेरोन्यूज
२०८० असोज १९ गते ९:५९

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटको पहिलो खेलअघि नै भारतलाई ठुलो झट्का लागेको छ । टोलीका ओपनर ब्याटस्म्यान शुभमन गिलको डेंगु परीक्षण पोजेटिभ आएको हो।
यसैबीच गिलले आगामी आइतबार हुने अस्ट्रेलियाविरुद्धको म्याच गुमाउन सक्ने आशंका उत्पन्न भएको छ ।
रिपोर्टका अनुसार उनको शुक्रबार अर्थात आज अर्को टेस्ट हुनेछ, त्यसपछि खेल्ने वा नखेल्नेबारे निर्णय हुनेछ ।
गिलको अनुपस्थितिमा इशान किशन र रोहित शर्माले ओपनिङ गर्न सक्ने अनुमान गरिएकाे छ । तर, यसबारे आधिकारिक निर्णय भने भएकाे छैन ।
भारतले विश्वकप अन्तर्गत पहिलो म्याच अस्ट्रेलियाविरुद्ध खेल्दैछ । खेल अक्टोबर ८ मा अष्ट्रेलियासँग चेन्नईमा हुनेछ ।
सम्बन्धित















कामपाले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफलमा प्रधानमन्त्री
लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
कपिलवस्तुमा खोलामा डुबेर २ जनाको मृत्यु
रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया