मकवानपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
मेरोन्यूज
२०८० असोज २० गते ९:४६

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका-१ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा नुवाकोटको बेलकोट नगरपालिका-५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।
वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको उक्त स्थानमा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा श्रेष्ठको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताइन् ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
सम्बन्धित
















शेर मल्लले पहिलाे बलमै लिए इंग्ल्यान्डकाे विकेट
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
इंग्ल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न
प्रतिनिधिसभा निर्वाचनः आयोगले ९ प्रकारका सामग्री पठाउने
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया