प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बेलायत प्रस्थान गरेका छन्। बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना हुने ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’मा सहभागी हुन उनी आज बेलायत प्रस्थान गरेका हुन् ।
महानिरीक्षक कुँवरसहित प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दानबहादुर कार्की र शेखर खनाल बेलायत प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिदाइ गरे ।
कार्यक्रममा नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदानप्रदान गरिने बताइएको छ । पछिल्लो समय विकसित अपराधका चुनौतीहरूबारे अनुभव आदानप्रदान गर्नाका साथै ती चुनौतीहरूको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैङ्गिक हिंसाका साथै बालबालिकाविरुद्ध हुने अपराधको समाधानलगायत विषयमा छलफल हुने कार्यक्रम तय भएको छ ।
















आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु
हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते
नेपाली टिमले विश्वकपमा आत्मविश्वास र एकता देखाउने छ: प्रधानमन्त्री कार्की
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
Former PM Bhattarai bereaved of father
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया