आइतबार, माघ २५, २०८२

‘भेप’मा सुन तस्करी प्रकरण

पूर्वसभामुख महराका छोरा राहुलसहित ३ जनालाई मुद्दा चलाउन सिफारिस

मेरोन्यूज २०८० असोज २१ गते १५:३५

काठमाडौँ । विद्युतीय चुरोट (भेप)मार्फत् अवैध सुन तस्करीको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित तीन जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)ले उनीहरूलाई संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई सुझाव दिँदै प्रतिवेदन बुझाएको हो ।

सिआईबीले राहुल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दै प्रतिवेदन बुझाएको हो । ६१ किलो सुन प्रकरणमा समेत संलग्न रहेको अभियोग लागेका दावा छिरिङ हाल पुर्पक्षका लागि थुनामा छन् ।

सिआईबीले प्रतिवेदनमा एक नेपालीलाई फरार सूचीमा राखेको छ भने, सुन ल्याउने चिनियाँ नागरिक दावाजिनसहित ६ चिनियाँलाई नेपालभित्र पक्राउ परेको बखत अनुसन्धान बमोजिम हुनेगरी खोजी सूचीमा राखेको छ ।

भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन राय सिआईबीले दिएको छ ।

२०७९ पुस १० मा दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिकको योजनामा भेपमा लुकाएर ९ किलो ११.५२४ग्राम सुन भेटिएको थियो ।

प्रतिक्रिया