सूर्य दर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पुर्पक्षका लागि थुनामा

पोखरा । पोखराको सूर्य दर्शन सहकारीको ठगी मुद्दामा पक्राउ परेका कुमार रम्तेललाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।
जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले सहकारीका कोषाध्यक्ष रम्तेललाई थुनामा राख्न आदेश दिएको हो । गीतेन्द्र (जीबी) राईको समूहले खालेको सूर्य दर्शन सहकारीले बचतकर्ताको रकम हिमामिना गरेको भन्दै जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले गत भदौ २४ गते पक्राउ पूर्जी जारी गरेको थियो । त्यसको भोलिपल्टै कोषाध्यक्ष रम्तेल पक्राउ परेका थिए ।
पक्राउ पूर्जी जारी भएका जीबी राई, शिवबहादुर गुरुङ, (महेन्द्र भोटे)सहित १८ जना फरार छन् ।
लामो अनुसन्धानपछि १६ असोजमा प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको फाइल अनुरुप सरकारी वकिलले असोज १९ गते जिल्ला अदालतमा मुद्धा दर्ता गराएको थियो ।
जिल्ला अदालतले आइतबार बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नसकी सहकारी बन्द भएको स्वीकार गरेको, जाहेरी, घटना विवरण र नियामक निकायको विश्लेषणात्मक प्रतिवेदलाईसमेत आधार मानी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालाई दिलाउन माग गरिएको छ ।
मुद्दाको पक्षमा जिल्ला न्यायाधिवक्ता गोपालप्रसाद ढकाल, जाहेरीवालाको पक्षमा अभिवक्ता युवराज पराजुली, नारायणप्रसाद शर्मा र विष्णुप्रसाद अधिकारीले बहस गरेका थिए भने पक्राउ परेका रम्तेलका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा र अधिवक्ता ईश्वर चिलुवालले बहस गरेका थिए ।
सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी ठगी मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको छ । सहकारी ऐनको दफा १२२ (घ), (ङ), (च), (छ), (ज) र (त) अनुसारको कसूरमा दफा १२४ (घ) र घ (६) अनुसार बिगो बमोजिम जरिवाना र ८ देखि वर्ष कैद सजायको माग गरिएको छ ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया