मंगलबार, माघ २७, २०८२

इजरायल-हमास युद्ध : मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

मेरोन्यूज २०८० असोज २२ गते ९:३२

काठमाडौं । इजरायल-हमास लडाइँमा दुबैपक्षका गरी कम्तिमा १ हजार १ सय ‍मानिसहरूको मृत्यु भएको छ।

शनिबारदेखि जारी आक्रमणको ३६ घन्टामा १ हजार १ सय जनाको मृत्यु भएको हो ।

बीबीसीका अनुसार यस आक्रमणमा हालसम्म ७०० बढी इजरायली र ४१३ प्लालेस्टाइनी मारिएका छन् ।

आइतबार रातिसमेत प्यालेस्टिनी क्षेत्र गाजाबाट दक्षिणी इजरायलमा रकेट प्रहार भएको बताइएको छ ।

अमेरिकाले यो आक्रमणमा आफ्ना नागरिकको पनि ज्यान गएको बताउँदै हतियार र सैन्य सहयोगको घोषणा गरेको छ ।

प्रतिक्रिया