इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार राष्ट्रिय शोक, परिवारलाई १० लाख दिने
मेरोन्यूज
२०८० असोज २२ गते १६:४५

काठमाडौँ । सरकारले इजरायलमा हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार दिउँसो बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले भोलि (मंगलबार) राष्ट्रिय शोकको निर्णय गरेको हो ।
ती मन्त्रीका अनुसार इजरायलमा ज्यान गुमाएका नेपालीहरूको परिवारलाई १०, १० लाख दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भएको आइतबार पुष्टि भएको थियो । ४९ विद्यार्थीमध्ये ४ जना घाइते रहेको र एक जना सम्पर्कविहीन रहेको दूतावासले जनाएको छ । बाँकी सम्पर्कमा रहेको दूतावासले जनाएको छ ।
सम्बन्धित
















शरीरमा भिटामिन डी को कमी हुँन नदिन यस्ता घरेलु उपाय अपनाउनुहाेस्
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह
मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया