हमासको आक्रमणमा मृत्यु भएका १० विद्यार्थीको शव नेपाल ल्याउन समन्वय सुरु भयो : दूतावास

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले हमास समूहको आक्रमणमा परी मृत्यु भएका दश नेपालीको शव ल्याउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय सुरु गरिएको जनाएको छ।
नेपाली दूतावासले आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीको शव फिर्ता गर्नका लागि राजदूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको जनाएको छ ।
दूतावासले एक विद्यार्थी अझै सम्पर्कविहीन रहेको र ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ ।
दुई विद्यार्थीलाई तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीका लागि राजदूतावासबाट विवरण संकलनको लागि अनलाइन रजिष्ट्रेसन सुरु भई दुई सय भन्दा बढीको विवरण प्राप्त भइसकेको विज्ञप्तिमा उल्लेख छ । दूतावासले आवश्यक समन्वय र सहयोग गर्न पनि सबैमा आग्रह गरेको छ।
यस्तो छ दूतावासको विज्ञप्ति

















प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया