इजरायल घटनासँग सम्बन्धित निर्णय कार्यान्वयन सुरु भयो : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले इजरायल घटनासँग सम्बन्धित विषयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन हुने प्रक्रियामा अघि बढिसकेको जनाएको छ ।
घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने, निधन भएका नेपालीहरुको परिवारलाई राहत उपलब्ध गराउने, वेपत्ता भएका नेपालीको खोजीलाई तीव्रता दिने, फर्कन चाहने नेपालीहरुलाई यथाशीघ्र नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी नेपाल ल्याउन प्रबन्ध गर्ने लगायतका मन्त्रिपरिषद्का निर्णयहरु सम्बन्धित मन्त्रालयहरुबाट कार्यान्वयन हुने प्रक्रिया अगाडि बढिसकेको प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गरेर जनाएका छन् ।
हमास समूहले गरेको आक्रमणमा निधन भएका १० नेपालीप्रति सम्मान व्यक्त गर्न असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले यस घटनाको सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असर समेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु प्रवाह नगर्न पनि सबैमा अनुरोध गरेको छ ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया