कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज असाेज २३ गते मंगलबार ।असोज कृष्ण एकादशी । पञ्चाङ्ग : साध्य बालव मघा , इन्दिरा एकादशी व्रत/एकादशी श्राद्ध/ मघा श्राद्ध/विश्व मानसिक स्वास्थ्य दिवस। अक्टाेबर १० तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : सद्भाव कायम रहने राम्रो दिन छ । नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाइन सक्छ । प्रयास गरेको कुनै पनि साधनाले पूणर्ता प्राप्त गर्नेछ ।
बृष : घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ। लवलाइफमा केही असहजता वा बाधा आइलाग्ने समय हो। नसोचेको धन प्राप्त हुने वा कतैबाट ऋण र सापटीमा रकम उठ्ने छ ।
मिथुन : साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिने छ ।सामाजिक क्रियाकलापमा सक्रिय भइने छ। घर परिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ ।
कर्कट : वचनले कसैको मन नदुखोस् भन्ने कुरामा ख्याल राख्नुहोला । आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन्, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ ।
सिंह : सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । आत्मबल र जोसजाँगर बढ्नेछ ।
कन्या : लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षी जमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन ।
तुला : रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ । मानसिक सन्तुष्टिको समय हो।प्रयासमा सफलता प्राप्त हुनेछ । मित्र र सहयोगीले पूर्ण सहयोग गर्नेछ ।
बृश्चिक : इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ।
धनु : घरपरिवार, आफन्त र साथीभाइको सहयोग मिल्नेछ । तारिफयोग्य काम गर्ने दिन हो । तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो ।
मकर : स्वास्थ्यमा समस्या देखिनेछ । आज अचानक धनलाभ हुने सम्भावना छ । व्यवसाय वा जागिरमा कुनै किसिमको बाधा देखिएको छ भने तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नु राम्रो हुन्छ ।
कुम्भ : मन प्रसन्न रहने छ । गीतसङ्गीत एवं ललितकलाका अन्य विषयहरूमा तथा सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्नेछ । नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस, फाइदा हुनेछ ।
मीन : घमण्ड बढ्नेछ। आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो। कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ ।









सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै चितवन
पोखरालाई हराउँदै काठमाडौँ प्लेअफमा
भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी
घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
प्रतिक्रिया