लागुऔषधसहित ६ जना पक्राउ

काठमाडौं । काठमाडौं र कालिकोटबाट लागुऔषदसहित ६ जना पक्राउ परेका छन् ।
काठमाडौको बुढानीलकण्ठ नगरपालिका-३ बुढानिलकण्ठ मन्दिर नजिकैबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्रामसहित सोही नगरपालिका-५ बिष्णुमती बस्ने सुनसरी धरान उपमहानगरपालिका-१२ घर भएका २० वर्षीय सन्दिप भन्ने समिर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा लागूऔषध ओसारपसारमा संलग्न रहेको खुल्न आएका अन्य २ जनालाई समेत काठमाडौं चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
कालिकोटको खाँडाचक्र नगरपालिका-२ जितेगडाबाट मान्मतर्फ जाँदै गरेको भे.१ च ४३९१ नम्बरको बलेरो गाडीमा सवार भारत घर भएका २५ वर्षीय अबिशेक कुमार कस्यापसहित ३ जनालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले गाडी जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।















काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा
टी–२० विश्वकप : अफगानिस्तानले न्यूजिल्यान्डलाई दियो १८३ रनको लक्ष्य
Gold, silver prices increase
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया