शुक्रबार, चैत २०, २०८२

वीर अस्पतालका कर्मचारी तलब दिन नसकेर हटाइएको हो : स्वास्थ्यमन्त्री

मेरोन्यूज २०८० असोज २३ गते १५:२६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार एकैपटक सेवाबाट हटाएको थियो । उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रुपमा रहेको भन्दै अब यो छिटै समाधान हुने बताए ।

स्वास्थ्य क्षेत्रमा २०५४ सालदेखि दरबन्दी बढाउने काम रोकिएको भन्दै उनले चाँडै नै विज्ञापनमार्फत नयाँ नियुक्ति प्रकृया थालिने बताए । उनले भने, ‘वीर अस्पतालमा कोभिड–१९ को बेला कोभिड प्रयोजनमा राखिएका २०० चानचुन कर्मचारीहरुलाई अहिले तलब दिन नसकेपछि निकालिएको छ ।’

मन्त्री बस्नेतले स्वास्थ्यकर्मी उत्पादन निकै कम भएको भन्दै यथाशिघ्र चिकित्सा शिक्षा ऐन संशोधन गरिने बताए ।

प्रतिक्रिया