सशस्त्रद्वारा १२२ हेल्प र ३३ हेल्थ डेस्क स्थापना

काठमाडौँ । चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बलले १२२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेको छ ।
भारततर्फको सीमावर्ती इलाकामा १२० स्थानमा र चीनतर्फ २ स्थानमा सहायता कक्ष राखिएको सशस्त्रले जनाएको छ । स्वास्थ्य कक्ष भारततर्फ ३० स्थानमा र चीनतर्फ ३ स्थानमा राखिएको सशस्त्र प्रहरी बलका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज अवागमनको व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्वार कार्यमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको सशस्त्रले जनाएको हो ।
चाडपर्व लक्षित सहायता कक्ष नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत २५, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत ५३, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत २, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत २, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही मातहत १९, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत १ र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत २० स्थानमा राखिएको डिएसपी थापाले बताए ।
स्वास्थ्य कक्ष नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत ४, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत २२, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत ३, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही मातहत ३, र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत १ स्थानमा राखिएको छ ।


















शेर मल्लले पहिलाे बलमै लिए इंग्ल्यान्डकाे विकेट
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
इंग्ल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न
प्रतिनिधिसभा निर्वाचनः आयोगले ९ प्रकारका सामग्री पठाउने
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया