राहुल महराको बयान : भन्सारका कर्मचारीलाई साथीको भेप निकाल्न मिल्छ कि मिल्दैन भनेर सोधेको मात्रै हुँ

काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा जोडिएका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले आफनो त्यस प्रकरणमा कुनै संग्लन्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् । तर उनलाई सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय सहित मुद्दा दर्ता गराएको छ ।
उनले चिनजानका चिनियाँ नागरिकको भेप भन्सारले समातेपछि त्यसबारे बुझ्न अधिकारीहरुलाई फोन गरेको बयानका क्रममा स्वीकारेका छन् । तर सुन तस्करीमा आफनो संलग्नताका बारेमा भने अस्वीकार गरेका छन् । उनले भेपभित्र सुन रहेको कुरा समेत मिडियामा आएपछि मात्रै आफुले थाहा पाएको बयानका क्रममा बताएका छन् ।
सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा उनले पुरानो चिनजान भएका साथी चिनियाँ नागरिक दाओजिन वाङले अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेको बताएका छन् ।
जिल्ला अदालत, काठमाडौंमा दर्ता अभियोग पत्रमा समावेश बयानमा उनले भनेका छन्, ‘साथीको भेप त्रिभुवन विमानस्थल एयरपोर्टमा रोकिएको छ, के भएको हो निकाल्न मिल्छ, मिल्दैन बुझिदिनुपर्यो भनेर अनुरोध गरेकाले मैले प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेर के भएर रोकिएको हो भनेर सोधपुछ गरेको थिएँ ।’
हेर्नुहोस् उनको बयानको पाठ



















नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
६३ भन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
रास्वपाको संसदीय दलको बैठक जारी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया