शारिरीक अशक्त सशस्त्र प्रहरीको एक तह बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारी बहन गर्ने क्रममा शारिरीक रुपमा अंगभंग भई अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीहरुको बृत्ति विकासलाई मध्यनजर गरी एक तह बढुवा दिने व्यवस्था गरिएको छ ।
सो अन्तर्गत सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण ढुंगानालाई सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बामदेव पण्डित (शर्मा)लाई सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो ।
बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीहरु सशस्त्र प्ररी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग अन्तर्गत रहने छन् । एक पटकको लागि मात्र एक तह पदोन्नती दिई जुनसुकै कारण सो पद रिक्त भएमा स्वतः तल्लो पदमा कायम हुने गरी विशेष पद र दरबन्दी सिर्जना गरिएको सशस्त्र प्रहरी बल नेपालका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले बताए । ढुंगाना र शर्मा द्वन्द्व कालमा विद्युतिय धरापमा परि गम्भीर घाइते भइ अंगभंग भएका अधिकृत हुन् ।
सशस्त्र प्रहरी बल नेपालको संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भएपश्चात सो व्यवस्था लागू भएको हो । साथै अन्य सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन अन्तर्गत क्रमशः सम्बोधन गरिदै लैजाने योजना संगठनको रहेको छ ।















काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा
टी–२० विश्वकप : अफगानिस्तानले न्यूजिल्यान्डलाई दियो १८३ रनको लक्ष्य
Gold, silver prices increase
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
प्रतिक्रिया