बच्चा बेच्ने ग्रिनक्रस अस्पतालका डा. कर्णसहित तीनजना पुर्पक्षका लागि थुनामा

विराटनगर । विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालबाट नवजात शिशु बिक्री गरेको आरोप लागेका डाक्टरसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण, शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र डा. तपेश्वरसँग शिशु खरिद गर्ने मोरङको कटहरी गाउँपालिका–२ का ३० वर्षीय सूर्यनारायण राजवंशीलाई पुर्पक्षमा राखेर थप अनुसन्धान गर्न आदेश दिएको हो ।
इजलासको आदेशपछि उनीहरूलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ ।
अदालतका सूचना अधिकारी ओमराज सुवेदीले विराटनगर–११ जनपथ टोलका निर्मला यादव, मोरङ कटहरी–२ की शुक्री राजवंशी र दिलमनीदेवी राजवंशीलाई धरौटी छाड्न इजलासले आदेश दिएको छ ।
इजलासले शुक्रीसँग दुई लाख, निर्मलासँग एकलाख र दिलमनी देवीसँग १० हजार रुपैयाँ धरौटी मागेको छ ।
२६ वर्षीया अविवाहित युवतीले असार १४ गते ग्रिनक्रस अस्पतालमा शिशु (छोरी) जन्माएकी थिइन् । बिहे गर्ने प्रलोभन देखाएर गोविन्दले गर्भवती बनाएपछि प्रसूतिका लागि अस्पताल लगेका थिए ।
प्रहरीले कम तौलको भन्दै शिशु गायब पारी डा. तपेश्वरलगायतले बिक्री गरेको अनुसन्धानबाट खुलेको अनुसन्धान प्रतिवेदन तयार पारेको थियो । सामान्य प्रसूतिमार्फत छोरी जन्माएपछि गोबिन्दले युवतीलाई सुनसरीको इटहरी पुर्याएर होटलमा राखी भागेका थिए ।
साउन ३२ गते युवतीले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिँदै आफूले छोरी जन्माएकी छोरी अस्पताबाटै हराएको बताएकी थिइन् ।
त्यसपछि अनुसन्धान गर्दा डा. तपेश्वरले निःसन्तान दम्पतीलाई पाँच लाख रुपैयाँमा शिशु बिक्री गरेको खुलेको थियो ।
मोरङको कटहरी–२ आदर्श टोलका गत सूर्यनारायण राजवंशीले पाँच लाखमा शिशु किनेर लगेको प्रहरीले पत्ता लगाएको थिए । चाँजोपाँजो अस्पतालकी सरसफाइ कर्मचारी सुधा भनिने शुक्रीले मिलाएको प्रहरीले बताएको छ ।
















आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु
हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते
नेपाली टिमले विश्वकपमा आत्मविश्वास र एकता देखाउने छ: प्रधानमन्त्री कार्की
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
प्रतिक्रिया