जीतपुर सिमराका पूर्वप्रमुख पौडेल मृत फेला
मेरोन्यूज
२०८० असोज २५ गते २०:३९

काठमाडौँ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पूर्वप्रमुख डा. कृष्ण पौडेल मृत भेटिएका छन् । पौडेल घरमै मृत भेटिएका हुन् । एमाले नेता पौडेल मानसिक रुपमा बिरामी रहेको र स्वास्थ्यलाभ गरिरहेका थिए ।
बिरामी रहेका पौडेलका परिवारका सदस्य बुधबार मात्रै काठमाडौँबाट सिमरा आएका थिए । दुई दिनदेखि कोठा थुनेरै बसेका पौडेलको कोठाको ढोका नखुलेपछि प्रहरी लगाएर खोलिएको थियो । कोठा खोल्दा पौडेल कोठामै बेडमा मृत भेटिएका हुन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पौडेल राजनीतिका अलावा, सिमरा क्याम्पसका प्राध्यापक र स्थानीय सहकारीमा आवद्ध थिए ।
नेकपा एमाले बाराका सचिव मनोज पौडेलले कृष्ण पौडेल घरमै मृत भेटिएको बताए ।
पौडेल नेकपा एमाले मधेश प्रदेश समितिका सचिवसमेत हुन् । यतिबेला एमाले मधेश प्रदेश समितिको अधिवेशनसमेत चलिरहेको छ ।
सम्बन्धित
















झापामा १५ महिलासहित ९० जना मैदानमा
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया