सशस्त्र प्रहरी बल नेपालमा युनिट सरुवाको सुरुवात

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले युनिट सरुवाको सुरुवात गरेको छ । पहिलो पटक सशस्त्र प्रहरी वल नेपाल नं. १५ गण काभ्रेको ‘क’ गुल्म र नं.७ गण सिरहाको ‘क’ गुल्मको गुल्म फर्मेशनमा परस्परमा सरुवा गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नंं. ३ गढीमाई वाहिनी मुख्यालय मकवानपुर अन्तर्गत काभ्रे जिल्लामा तैनाथ रहेको नं. १५ गणको ‘क’ गुल्म आश्रीत गुल्मको रुपमा सिन्धुली जिल्लामा तैनाथ थियो भने नंं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी अन्तर्गत सिरहा जिल्लाको नं. ७ गणको ‘क’ गुल्म मार्डरमा रही प्रस्तावित सीमा सुरक्षा गुल्मको रुपमा मातहत ३ वटा बिओपी सहित तैनाथ थियो ।
सशस्त्र प्रहरी बल नेपालको संगठनभित्र बाहिनी, गण, गुल्म र प्लाटुन लगायतका संरचना रहेका छन् । हाल काभ्रे र सिरहाका गण मातहत गुल्म तहको परस्पर सरुवा गरेता पनि भविष्यमा गण तहका इकाईहरुको समेत सरुवा गरिने योजना रहेको सशस्त्र प्रहरी बल नेपालका प्रबक्ता सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।
इकाईगत अवधारणालाई प्रभावकारी बनाउन अर्धसैनिक फौज सशस्त्र प्रहरी बल नेपालका प्रत्येक इकाईहरुको आ–आफ्नै आदर्श वाक्य समेत तय गरिएको छ । जसले गर्दा इकाईमा कार्यरत कर्मचारीहरुको आफ्नो इकाईप्रति गौरवको भावना विकास हुने र सामुहिकताको भावना जागृत हुने समेत संगठनले विश्वास लिइएको प्रबक्ता खड्काले बताए ।
इकाईगत रूपमा सरूवा गर्दा सो इकाईमा कार्यरत कर्मचारीहरुमा एकता, भातृत्व तथा भागिनत्व प्रगाढ हुने, एक अर्काको बारेमा सम्पूर्ण जानकारी अध्यावधिक हुने, आदेशको श्रृखंला अझ प्रभावकारी रुपमा विकास हुने तथा इकाईप्रतिको अपनत्व अभिबृद्धि भई सकारात्मक सोच र सहयोगात्मक भावनाको विकास हुने तथा इकाई सरुवा गर्दा फौजी अनुशासन र आचरणको समेत पालना हुने संगठनको विश्वास रहेको छ ।
यसरी इकाईगत सरुवा गर्दा व्यक्तिगत रूपमा काजमा बस्ने, अन्य इकाईमा सरुवा जान चाहने र कुनै व्यक्ति विभिन्न कारणले एकै स्थानमा लामो समयसम्म बस्ने प्रवृत्तिको अन्त्य हुनेछ । त्यसैगरी सीमा ईलाकामा लामो समयसम्म एउटै स्थानमा फौज कार्यरत रहेको कारणले आउने गुनासाहरू पनि बन्द हुने संगठनले अपेक्षा गरेको बरिस्ठ उपरीक्षक खड्काले बताए ।
यसअघि सशस्त्र प्रहरी बल नेपालले व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी आफ्नो अनुकुल कार्यालयमा काज कार्यरत रहने प्रबृत्तिलाई निरुत्साहित गर्ने गरी काज सम्बन्धी नयाँ मापदण्ड तयार पारी लागू गरिसकेको छ । मापदण्ड अनुसार वास्तविक समस्या भएका सशस्त्र प्रहरी कर्मचारीहरुले अधिकतम ६ महिना अवधिको लागि आफुलाई पायक पर्ने कार्यालयमा काजमा कार्यरत रहन निवेदन दिनसक्ने र उक्त समस्यालाई मध्यनजर गरी विभागले ६ महिना अवधिसम्म मात्र काज स्वीकृत गर्नेछ ।
काज स्वीकृत भएका कर्मचारीहरुले ६ महिना भन्दा बढि काज बस्नको लागि कबुलियतनामाको फारम भरी दस्तखत गर्नुपर्ने तथा कबुलियतनामा उल्लेख भए अनुसारको सर्तनामा स्वीकृत भएको ६ महिना काज सुविधा उपयोग गरिसके पश्चात लागु हुने छ ।
६ महिना काज सुविधा पश्चात कर्मचारी सम्बन्धित दरबन्दीमा अनिवार्य रुपमा हाजिर हुनुपर्ने छ । सशस्त्र प्रहरी बल नेपालको युनिट सरुवाको नीतिले समस्या दर्शाई काज बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न समेत टेवा पुर्याउने छ ।















काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा
टी–२० विश्वकप : अफगानिस्तानले न्यूजिल्यान्डलाई दियो १८३ रनको लक्ष्य
Gold, silver prices increase
झापामा ट्याक्टर दुर्घटना हुँदा किशोरको मृत्यु
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया