शिविरबाट सात सय २८ बिरामी लाभान्वित

गलकोट । बागलुङमा पहिलोपटक कलेजो र मिर्गौलाका बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट सात सय २८ जनाले लाभ लिएका छन् ।
पछिल्लो समय कलेजो र मिर्गौला रोगीका बिरामीको सङ्ख्यामा वृद्धि भइरहेको सन्दर्भमा यहाँको रोटरी क्लब अफ बागलुङले धवलागिरि अस्पतालमा बुधबार सञ्चालन गरेको दुईदिने ‘कलेजो र मिर्गौला परीक्षण शिविर’बाट सात सय २८ बिरामीले परीक्षण गराएका हुन् ।
रोटरी क्लब र रोट्रयाक्ट क्लब, इन्ट्रयाक्ट क्लब अफ होली चाइल्ड तथा न्यू ओयसीयसको आयोजना, धवलागिरि अस्पताल, बागलुङ नगरपालिका, स्वास्थ्य कार्यालय र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहआयोजना एवं सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा दुई दिने शिविर सम्पन्न गरिएको हो ।
परीक्षण गरिएकामध्ये तीन सयको भिडियो एक्सरे गरिएको क्लबले जनाएको छ । २२ जना मिर्गौलाका क्रोनिक बिरामी र चार कलेजोका बिरामी फेला परेका क्लबका अध्यक्ष दीपेन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार चार जनाले मृत्युपछि अङ्गदान गर्ने सहमति जनाएका छन् ।
शिविरमा कलेजो र मिर्गौला बचाउनका लागि खानपानमा सुधार गर्नुपर्ने सल्लाह दिइएको थियो । शिविरमा एक सय दुईको मधुमेह परीक्षण गरिएको थियो भने परीक्षणका लागि आएका बिरामीलाई रू एक लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको अध्यक्ष घिमिरेले बताए । सामाजिक कार्यमा सक्रिय क्लबको १८औँ स्थापना दिवसका अवसरमा शिविर सञ्चालन गरिएको उनको भनाइ थियो ।
“अनुचित खानपान र खराब जीवनशैलीका कारण पछिल्लो समय मिर्गौला र कलेजोका बिरामी वृद्धि भइसकेकाले शिविरबाट निःशुल्क सेवा दिइएको हो”, अध्यक्ष घिमिरेले भने, “शिविरमा पत्ता लगेका मिर्गौलाका क्रोनिक र कलेजोका बिरामीलाई थप उपचारका लागि सिफारिस गरेका छौँ ।”
निकै महँगो मानिएको कलेजो र मिर्गौलाको उपचार सेवा पाउँदा सहज भएको शिविरमा पुगेका सेवाग्राहीको भनाइ थियो । यहाँका नागरिकलाई कलेजो र मिर्गौलाको उपचार सेवा दिनुका साथै अङ्गदानका विषयमा पनि बुझाइएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक दीपा लामिछानेले बताए । यसरी परीक्षण गर्दा आगामी दिनमा हुनसक्ने शारीरिक क्षतिलाई कम गराउन सहयोग पु¥याउने उनको भनाइ थियो ।
लामिछाने नेतृत्वको एक दर्जन स्वास्थ्यकर्मीको समूहले मिर्गौला र कलेजोका बिरामीलाई सेवा प्रदान गरेको थियो ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया