शिविरबाट सात सय २८ बिरामी लाभान्वित

गलकोट । बागलुङमा पहिलोपटक कलेजो र मिर्गौलाका बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट सात सय २८ जनाले लाभ लिएका छन् ।
पछिल्लो समय कलेजो र मिर्गौला रोगीका बिरामीको सङ्ख्यामा वृद्धि भइरहेको सन्दर्भमा यहाँको रोटरी क्लब अफ बागलुङले धवलागिरि अस्पतालमा बुधबार सञ्चालन गरेको दुईदिने ‘कलेजो र मिर्गौला परीक्षण शिविर’बाट सात सय २८ बिरामीले परीक्षण गराएका हुन् ।
रोटरी क्लब र रोट्रयाक्ट क्लब, इन्ट्रयाक्ट क्लब अफ होली चाइल्ड तथा न्यू ओयसीयसको आयोजना, धवलागिरि अस्पताल, बागलुङ नगरपालिका, स्वास्थ्य कार्यालय र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहआयोजना एवं सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा दुई दिने शिविर सम्पन्न गरिएको हो ।
परीक्षण गरिएकामध्ये तीन सयको भिडियो एक्सरे गरिएको क्लबले जनाएको छ । २२ जना मिर्गौलाका क्रोनिक बिरामी र चार कलेजोका बिरामी फेला परेका क्लबका अध्यक्ष दीपेन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार चार जनाले मृत्युपछि अङ्गदान गर्ने सहमति जनाएका छन् ।
शिविरमा कलेजो र मिर्गौला बचाउनका लागि खानपानमा सुधार गर्नुपर्ने सल्लाह दिइएको थियो । शिविरमा एक सय दुईको मधुमेह परीक्षण गरिएको थियो भने परीक्षणका लागि आएका बिरामीलाई रू एक लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको अध्यक्ष घिमिरेले बताए । सामाजिक कार्यमा सक्रिय क्लबको १८औँ स्थापना दिवसका अवसरमा शिविर सञ्चालन गरिएको उनको भनाइ थियो ।
“अनुचित खानपान र खराब जीवनशैलीका कारण पछिल्लो समय मिर्गौला र कलेजोका बिरामी वृद्धि भइसकेकाले शिविरबाट निःशुल्क सेवा दिइएको हो”, अध्यक्ष घिमिरेले भने, “शिविरमा पत्ता लगेका मिर्गौलाका क्रोनिक र कलेजोका बिरामीलाई थप उपचारका लागि सिफारिस गरेका छौँ ।”
निकै महँगो मानिएको कलेजो र मिर्गौलाको उपचार सेवा पाउँदा सहज भएको शिविरमा पुगेका सेवाग्राहीको भनाइ थियो । यहाँका नागरिकलाई कलेजो र मिर्गौलाको उपचार सेवा दिनुका साथै अङ्गदानका विषयमा पनि बुझाइएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक दीपा लामिछानेले बताए । यसरी परीक्षण गर्दा आगामी दिनमा हुनसक्ने शारीरिक क्षतिलाई कम गराउन सहयोग पु¥याउने उनको भनाइ थियो ।
लामिछाने नेतृत्वको एक दर्जन स्वास्थ्यकर्मीको समूहले मिर्गौला र कलेजोका बिरामीलाई सेवा प्रदान गरेको थियो ।









एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया