कंगोमा तैनाथ शान्ति सैनिक राईको निधन
मेरोन्यूज
२०८० असोज २६ गते १९:०१

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि कंगोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९औँ डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ ।
खोटाङको फक्टाङ्ग गाउँपालिका–८ घर भएका प्युठ राई ट्याक्टिकल अपरेशन बेस जिनामा कार्यरत रहँदा बिरामी भएका थिए । उनको बुनियास्थित अस्पतालमा उपचारका क्रममा निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
राईको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया