प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बेलायतको पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्केका छन् ।
बेलायत सरकारको निमन्त्रणामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत गएका प्रहरी महानिरीक्षकले त्यहाँ रहँदा बेलायती सुरक्षाकर्मीसँग आपसी समन्वय, हित तथा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल गरेका थिए ।
साथै उनले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसँग आपसी सहयोग प्रवद्र्धनमा नेपाली दूतावासले निर्वाह गरेको भूमिकाको सराहना गर्दै भविष्यमा शान्तिसुरक्षा, अनुसन्धान, अपराध नियन्त्रणमा बेलायती सहयोग जुटाउन आग्रह गरे ।
बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतीबारे अनुभव आदानप्रदान गर्नाका तिनको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैङ्गिक हिंसाका साथै बालबालिकाविरुद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल भएको नेपाल प्रहरीले जनाएको छ ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया