कोशी सरकारबारे एमालेको प्रतिक्रिया
मुख्यमन्त्री जसको जगमा हुनुभएको छ उहाँले आफ्नो इमान कायम राख्नु राम्रो हुन्छ

काठमाडौं । नेकपा एमालेको जगमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि राजनीतिमा फेरि नयाा तरंग पैदा भएको छ । कांग्रेस र माओवादीले कांग्रेसका नेता शेखर कोइरालालाई केन्द्रीय सरकारको गबठन्धनप्रति प्रतिवद्ध रहेको कागजमा हस्ताक्षर गराएर कार्कीलाई गठबन्धनकै सरकारको रुपमा अथ्र्याएका छन् ।
एमालेले कोशीमा गठबन्धन भत्काउने प्रयास गरेपछि एमालेको जगमा मुख्यमन्त्री बनेका कार्कीलाई गठबन्धनकै साथ रहेको र गठबन्धनकै प्रधानमन्त्री कार्की बनेको कांग्रेस, माओवादीका नेताहरुले बताईरहँदा एमालेको जगमा मुख्यमन्त्री बनेका कार्कीले अब एमालेलाई पनि सरकारमा सहभागी गराएर राष्टिय सहमतिको सरकार बनाउँलान् भन्ने प्रश्न उब्जिएको छ ।
यस्तो बेला एमाले महासचिव शंकर पोखरेलले कोशीमा गठबन्धनले सरकार भत्काउने प्रपञ्च थालिसकेको आरोप लगाएका छन्।
प्रेस चौतारी सिन्धुलीले गरेको पत्रकार सम्मेलनमा बोल्दै कोशीका मुख्यमन्त्री केदार कार्की इमानदार ढंगले अघि बढेसम्म एमालेले साथ दिने बताए।
उनले भने, ‘अहिलेको गठबन्धन असफल भएको परिप्रेक्षमा कोशीले एउटा उदाहरण दिनुपर्छ भन्ने कुरा हाम्रो रहेको छ। यद्यपि सत्ता गठबन्धन सरकार भत्काउने दाउपेचपूर्ण राजनीतिमा जान खोजेको छ। जसको जगमा सरकार निर्माण भएको छ त्यसलाई भत्काउने प्रपञ्च सुरु भइसकेको छ। मुख्यमन्त्री जसको जगमा हुनुभएको छ उहाँले आफ्नो इमान कायम राख्नुहुन्छ भन्ने ठान्छु। उहाँ इमानदारितापूर्वक अगाडि बढेसम्म हाम्रो साथ रहन्छ।’
कोशीमा सरकार विहीन हुन नदिन कांग्रेस नेतालाई समर्थन गरेको बताए। आजको संवैधानिक व्याख्याको परिस्थितिको रूपमा अहिलेको सरकार बनेको बताए।
















गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
इटालीमाथि स्कटल्याण्ड ७३ रनले विजयी
नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल
पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु
महोत्तरीका मतदाता भन्छन् : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया